free website hit counter

कर्जा सुविधासहित होण्डाको नयाँ शोरुम हेटौंडामा

beemaadmin
२०७६ माघ २४, शुक्रबार

हेटौंडा । होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेताका ज्योति ग्रुपको अग्रणी कम्पनी स्याकार ट्रेडिङ्ग कम्पनीले मकवानपुरको हेटौंडास्थित रुद्रपथमा होण्डा बाइकको थ्रि एस डिलरशिप “टाइमस् अटोहब” संचालनमा ल्याएको छ ।
मकवानपुरमा अवस्थित होण्डाको एकमात्र आधिकारिक उक्त शोरुमलाई मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, स्याकार ट्रेडिङ्गका लागि होण्डा मोटरसाइकलका जेनेरल म्यानेजर सोहन श्रेष्ठ र स्याकार ट्रेडिङ्गका लागि स्पेयर पार्टस्का जेनेरल म्यानेजर मुकुन्द श्रेष्ठले संयुक्तरुप उद्घाटन गरे ।
ग्राहकहरुका लागि बिक्री, सर्भिस र स्पेयर्स पार्टस्मा उच्चस्तरीय सेवा प्रदान गर्न टाइमस् अटोहब प्रतिबद्ध रहेको जनाएको छ । होण्डाका ग्राहकहरुले अब नेपालकै सबैभन्दा सस्तो ९.९९५ को ब्याजदरमा सरल र सहज हिसाबले “सोही दिन कर्जा सुविधा” समेत प्राप्त गर्न सक्नेछन् । सोही अवसरमा प्रबन्धक निर्देशक शिवराम श्रेष्ठले टाइमस् अटोहब ग्राहकहरुको अपेक्षा पूरा गर्न हरेक पल तत्पर रहेको जानकारी गराए ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार