free website hit counter

ललिता निवासमा कुन बैंकको कति कर्जा प्रवाह

beemaadmin
२०७६ माघ २४, शुक्रबार

काठमाडौँ । खोलाको जग्गा धीतो राखी बैंक डुबाउने गरेका समाचार त धेरै सुनिएकै हो । तर यस पटक सरकारी जमिन धितो राखेर डेढ अर्ब लगानी गर्दा १३ वित्तीय संस्था धरासायी बन्न पुगेका छन् । ललिता निवासको जग्गा धितोमा राखी १३ वटा बैंक तथा वित्तीय संस्थाले ऋण दिएका छन् । कुल १२ वटा बैंक तथा वित्तीय संस्था र एउटा सहकारी संस्थासमेत गरी १३ वटा संस्थाबाट २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १ सय २५ रुपैयाँ ऋण प्रवाह भएको देखिएको हो ।

ललिता निवासको जग्गा धितोमा सबैभन्दा धेरै ऋण प्रवाह नेपाल इन्भेष्टमेन्ट बैंकले गरेको छ । सो बैंकले ५ वटा ऋणमार्फत् ३ जनालाई कुल १ अर्ब ४८ करोड २० लाख रुपैयाँ ऋण प्रवाह गरेको भेटिएको छ ।

त्यस्तै, लक्ष्मी बैंकले ४७ करोड ५ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राष्ट्रिय वाणिज्य बैंकसँग एक्विजिसनमा गएको एनआईडीसी डेभलपमेन्ट बैंकले त्यस्तो कर्जा प्रवाह गरेको थियो, जो हाल राष्ट्रिय वाणिज्य बैंकको स्वामित्वमा आएको छ ।

त्यस्तै, ग्लोबल आईएमई बैंकले ६ करोड ३७ लाख ५८ हजार रुपैयाँ, हिमालयन बैंकले ३ करोड ३१ लाख, सिभिल बैंकले ३ करोड, प्राइम कमर्शियल बैंकले २ करोड ४२ लाख, आर्यतारा बचत तथा ऋण सहकारी संस्थाले २ करोड, कुमारी बैंकले १ करोड ४० लाख तथा नेपाल बैंकले १ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । सिभिलको स्वामित्वमा रहेको ऋण लगानी तात्कालीन युनिक फाइनान्सबाट तथा कुमारी बैंकको तत्कालीन काष्ठमण्डप डेभलपमेन्ट बैंकबाट ऋण प्रवाह गरिएको थियो ।

महालक्ष्मी विकास बैंक, एनआईशी एशिया बैंक र प्रभु बैंकको पनि ऋण लगानी भए पनि त्यसको रकम १ करोडभन्दा कम छ । महालक्ष्मीको तात्कालीन यति डेभलपमेन्ट बैंकले प्रवाह गरेको ९८ लाख, एनआईशी एशिया बैंकले तात्कालीन बैंक अफ एशियाले प्रवाह गरेको ७५ लाख ७८ हजार १२५ रुपैयाँ तथा प्रभु बैंकको तात्कालीन किष्ट बैंकबाट प्रवाह भएको ४९ लाख रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार