free website hit counter

खेलकुदको विकासमा लाग्न आग्रह

beemaadmin
२०७६ माघ २९, बुधबार

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले टेक्वान्डो नेपालको आयोजनामा दुई दिवशीय स्पारिङ्ग तथा आत्मरक्षा गोष्ठी तथा एक दिवसीय प्रथम कलर बेल्ट टेक्वान्डो प्रतियोगिताका विजेता खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । काठमाडौंमा आयोजित सो कार्यक्रममा २३ जिल्लाका दुई सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो ।

विजयी खेलाडीहरुलाई टर्किस एरलाइन्सका कन्ट्रि म्याानेजर अब्दुल्लाहले पुरस्कार प्रदान गर्नुका साथै प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिना, बिशेष अतिथि मास्टर माइकल म्युलेटा, एरि होगन्दारेन, अतिथिहरु नेपाल ओलम्पिक कमिटिका आङतेम्बा शेर्पाले पदक एंव प्रमाणपत्र हस्तानतरण गर्नु भएको थियो । विश्वविख्यात मोडल समेत रहनुभएका शेर्पाले सो अवसरमा आफू सो कार्यक्रममा सहभागी हुन पाएकोमा गौरवको महसुस भएको बताउँदै खेलाडीहरुको वृत्ति विकास र मनोबल वृद्धिका लागि तीन तहको सरकारले विशेष महत्वका साथ कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । खेलाडीहरु राष्ट्रका गहना भएको बताउँदै खेलकुदको विकासका लागि भौतिक पूर्वाधार विकासमा जोड दिन उहाँले आग्रह गर्नुभयो ।

त्यसैगरी नेपालमा टेक्वान्डो विकासको लागी महत्वपुण भुमिका निभाए वापत मास्टर माइकल म्युलेटालाइ र एरि होगन्दारेनलाई कदरपत्रले सम्मानित गर्नुका साथै टेक्वान्डो (आइटिएफ) नेपालका अध्यक्ष लक्ष्मण बस्नेतले प्रमुख अतिथि तथा बिशेष अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

टेक्वान्डो (आइटिएफ) नेपालले नेपाल भ्रमण वर्ष २०२० लाई सघाई खेल पर्यटनद्वारा विश्वभर नेपालको प्रचार प्रसार गरी पर्यटक भित्राउन सहयोग गर्ने उद्देश्यले आगामी सेप्टेम्बर १८ देखि २० तारिख सम्म चौथो एभरेस्ट खुल्ला अन्तराष्ट्रिय टेक्वान्डो प्रतियोगिता तथा आइटिएफ गोष्ठी आइटिएफ उपाध्यक्ष ग्रान्ड मास्टर ट्रेभर निकोल्सद्वारा अन्तराष्ट्रिय अम्पाएर कक्षा संचालन हुन गइरहेको अध्यक्ष लक्ष्मण बस्नेतले जानकारी गराउनु भएको थियो । समारोहमा प्रमुख अतिथि गणेश प्रसाद तिमल्सिना तथा बिशेष अतिथि मास्टर माइकल म्युलेटा र एरि होगन्दारेनले उक्त कार्यक्रमलाई सहयोग गरी सफल बनाउने प्रतिवद्धता जनाउनु भएको थियो ।

उक्त गोष्ठी टेक्वान्डो (आइटिएफ) नेपालका अध्यक्ष एवं अन्तराष्ट्रिय खेलाडी लक्ष्मण बस्नेतले मास्टर माइकल म्युलेटालाई सहायकको रुपमा सघाउनु भएको थियो । उक्त प्रतियोगितामा काभ्रेका सञ्जय लामा तथा भक्तपुरकी सुरक्षा थापा सर्वोत्कृष्ट घोषित भएका थिए । माघ २४ देखि २९ गते सम्म काठमाडौंमा भएको गोष्ठी अन्तराष्ट्रिय टेक्वान्डो महासंघका उपमहासचिव तथा टेक्वान्डो अस्ट्रेलियाका अध्यक्ष मास्टर माइकल म्युलेटाद्वारा संचालन भएको थियो।

सम्बन्धित समाचार