free website hit counter

सफल अभिकर्ता बन्ने सूत्र

beemaadmin
२०७६ भाद्र २९, आईतवार

मुलुकमा रोजगारी पाइएन भन्दै हातमा सर्टिफिकेट बोकेर हिँड्ने युवाको संख्या लाखौं छ । शैक्षिक योग्यताले मात्रै रोजागरीको ग्यारेन्टी गर्दैन । शैक्षिक योग्यतासँगै आफूमा भएको प्रतिभा देखाउन सक्यो भने जताततै रोजगारीको अवसर आउन सक्छ । सानातिना काममा चासो नदिने युवा पुस्ताकै कारण आज कृषिप्रधान मुलुक सबैजसो कृषि उपजमा परनिर्भर बनिसकेको छ । रोजगारीको अर्को सम्भावना बोकेको क्षेत्र हो बीमा व्यवसाय । कुल जनसंख्याको २५ प्रतिशत हिस्सालाई मात्रै बीमाले समेट्न सकेको छ । बाँकी ७५ प्रतिशत भनेको सम्भावनाको ठूलो मैदान नै हो ।

बीमा अभिकर्ता भनेका बीमा कम्पनीका मेरुदण्ड हुन् । जीवन बीमा व्यवसायमा बीमा अभिकर्ता नै अग्रिम पंक्तिमा उपस्थित हुन्छन् । अग्रपंक्तिमा सर्वसाधारणलाई बीमाको आवश्यकता र महत्वको विषयमा जानकारी गराउने व्यक्ति बीमा अभिकर्ता हुन् । बीमा अभिकर्ताले पनि प्रचलित ऐेन कानुनबमोजिम आय–आर्जन गर्दछन् । बीमा गर्न चाहने व्यक्तिको आयस्रोत, उद्देश्य, आचरण, बचत गर्ने क्षमता, आर्थिक भार आदिको मूल्याङ्कन गरी बीमा आभिकर्ताले ग्राहकसमक्ष बीमा योजनाको बारेमा स्पष्ट पार्दछन् । यसैअनुसार बीमा कम्पनीको बीमा लेख बिक्री हुन्छ ।

यसरी गरिएको व्यापारमा बीमा अभिकर्तालाई सीमित कमिसन, बीमा कम्पनीलाई व्यवसाय र बीमा गर्ने व्यक्ति वा समूहलाई आर्थिक सुरक्षा प्रदान हुन्छ । जसले त्रिपक्षीयरूपमा सबैलाई फाइदै फाइदा हुन्छ । सर्वप्रथम ग्राहकको इच्छा र क्षमताअुनसार बीमा लेखअनुसार बीमा लेख बिक्री गर्नु बीमा अभिकर्ताको दायित्व हो । जसमा प्रचलित बीमा लेखहरूको शुल्क, सुरक्षा र मुनाफाको बारेमा स्पष्ट जानकारी बीमितलाई गराइनुपर्दछ । बीमा व्यवसायलाई सम्मानित, गरिमामय, मर्यादित बनाउन अभिकर्तामा निम्न गुणहरु हुनु अनिवार्य हुन्छ ।

आकर्षक व्यक्तित्व
व्यक्तित्व भनेको बजार व्यवस्थापनको कडी हो । जसले ग्राहकलाई विश्वास दिलाउन सक्छ ।

बीमासम्बन्धी पूर्ण ज्ञान
बीमा अभिकर्ता जुन बीमा कम्पनीमार्फत् बजारमा गएको हुन्छ । उसमा बीमा कम्पनीको सम्पूर्ण बीमा लेख, आर्थिक सुरक्षा, बोनसदर, वित्तीय अवस्था आदि सबैको जानकारी हुनु जरुरी छ, जसको कारणले आत्मविश्वास र ग्राहकमा भरोसा छाउँछ ।

सम्भावनाको खोजी

बीमा अभिकर्ताले आफ्नो सम्पर्कका साथी, इष्टमित्र, दाजुभाइ, छिमेकी, सहकर्मीहरूको आर्थिक, सामाजिक, नैतिक रूपमा अनुसन्धान गरी कुन बीमा लेख बिक्री गर्न सकिन्छ, सोको सम्भावनाको बारेमा क्रियशील रहनुपर्दछ ।

इमानदारिता
बीमा अभिकर्ताले आफ्नो पेसालाई गौरव ठानी इमानदारिपूर्वक अगाडि बढ्नुपर्दछ । आफ्नो पेसामा अडिग, ग्राहकको सेवामा निरन्तरता र बीमा कम्पनीको हितका लागि सधैँ समर्पित रहनुपर्दछ ।

जनसम्पर्क
बीमा अभिकर्ताले नियोजितरूपमा जनसम्पर्क गरिराख्नु जरुरी छ । चाहे त्यो व्यक्तिले बीमा गरोस् वा नगोरोस्, आफ्ना योजनाहरू प्रस्तुत गरी रहनुपर्दछ । जसमा रोटरी क्लब, लायन्स क्बल, चेम्बर अफ कमर्श, स्काउट, रेडक्र, क्यान्सर सोसाइटी आदि संस्थाहरू सहयोगी हुन्छन् ।

निरन्तरता नै सफलता
कुनै पनि व्यक्तिले पहिलो भेटमा नै कुराकानी गर्न साथ बीमा गराउन मञ्जुर हुँदैनन् । उनीहरूले विविध समस्या देखाउँछन् तर धेरै बीमा अभिकर्ताहरूले १–२ पटकको अनुरोधपछि उक्त व्यक्तिलाई सम्पर्क गर्दैनन्, यही ठूलो कमजोरी देखिन्छ । यथार्थमा अधिकांश व्यक्तिहरूको जीवनमा तेस्रो भेटपश्चात् ८०% ले बीमा गरेको पाइन्छ । यो विश्वास जित्ने आधार हो ।

योजना तर्जुमा
सफल बीमा अभिकर्ता हुनलाई सर्वप्रथम आफ्नो योजना र ग्राहकको चाहनाअनुरूप प्रस्तुत हुनुपर्दछ ।

व्यापारिक शैली
व्यापारिक शैलीमा सानो कुराले ठूलो फरक पार्दछ । धैर्यवान् हुनु ग्राहकको निरन्तर सम्पर्कमा बस्नु, ग्राहकको आवश्यकता पत्ता लगाउनु, त्यसको समाधान गर्नु र विषयवस्तुमा प्रवेश गर्नु यसको विशेषता हो । बजार व्यवस्थापनको अनुमानित विवरणमा ४०% व्यापार आफ्नो सम्बन्धबाट हुन्छ भने ३०% व्यापार ग्राहकको आवश्यकतामा भर पर्दछ अनि २०% व्यापार उद्देश्यमुलक, समाधानमूलक हुन्छ र १०% व्यापार नजिकको निकटताले गर्दछ । त्यसैले यहाँ बीमा लेखा बिक्री गर्न सर्वप्रथम राम्रो सम्बन्ध सबैसँग कायम राख्न सक्नुपर्दछ ।

दिगो विश्वास
जसमा दिवास्वप्न पर्दछ । दृढ अठोटका साथमा काम गरेमा एक समय सफलता प्राप्तै हुन्छ ।

ठूलो बीमा लेख बेच्ने प्रयास
आफ्नो आम्दानी, बीमकको व्यापार र बीमितको सुरक्षाको लागि ग्राहकको क्षमताअनुकूल जतिसक्दो ठूलो रकमको बीमा प्रस्ताव प्रस्तुत गर्नुपर्दछ । जसले समयको बचत, आम्दानी बढी र आफ्नो सफलतामा प्रोत्साहन गर्दछ ।

नयाँ बीमा लेखको जानकारी
बीमा कम्पनीहरूले प्रतिस्पर्धात्मक रूपमा केही समयको अन्तरालमा नै नयाँ बीमा योजना प्रस्ताव गर्दछन् । सो को पूर्ण जानकारी लिएर आफ्नो पूर्वग्राहकसमक्ष फेरि बजार विस्तार गर्न सकिन्छ ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार