free website hit counter

विद्यालयलाई सिटिजन्स बैंकको आर्थिक सहयोग

beemaadmin
२०७६ फाल्गुन ९, शुक्रबार

उदयपुर । बैकिङ सेवालाई चुस्त बनाउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुर जिल्लाको वेलका नगरपालिका स्थित तपेस्वरी आधारभूत विद्यालय गल्फडियालाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक सहयोग प्रदान गरेको छ ।

विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच साठी हजार सहयोग रकम हस्तान्तरण गरियो । विद्यालयले निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ ।

उक्त सहयोग रकमबाट विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका निम्ति शैक्षिक सामाग्री तथा कार्यालय प्रयोजनका लागि आवश्यक सामाग्रीहरुको खरिद गर्ने कुरा विद्यालय प्रशाशनले जनाएको छ । यस किसिमको सहयोगले शैक्षिक सामाग्रीको अभावमा पठन पाठनमा भई रहेको कठिनाई अन्त्य गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार