free website hit counter

हकप्रदको अनुमतिले बीमा कम्पनीको संकट टर्यो

beemaadmin
२०७६ भाद्र ३०, सोमबार

काठमाडौं । सरकारले आर्थिक नीतिमै मर्जरलाई प्राथमिकता दियो । सोही अनुरुप बैंकिङ क्षेत्रमा मर्जरको लहर नै चलेको छ । सबैले मर्जरका लागि ढोका खुल्ला पनि गरिसकेका छन् । बैंकिङ क्षेत्रमा लामो समयदेखि बहसको विषय बनेको मर्जर बीमा क्षेत्रमा पनि अघिल्लो वर्षदेखि पसेको थियो । अघिल्लो वर्ष बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले पनि पुँजी वृद्धिको लागि मर्जरको अस्त्र प्रयोग गरेको थियो ।

बीमा समितिले गत आर्थिक वर्षको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरुका लागि २ अर्ब रुपैयाँ र निर्जिवन बीमा कम्पनीहरुका लागि १ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो । बीमा समितिले पुँजी वृद्धिका लागि निर्देशन दिएसँगै शुरु भएको बीमा मर्जर अभियान पनि बैंकिङ क्षेत्रकै बाटोमा जाने देखिएको छ । बैंकिङ क्षेत्रमा जस्तै बीमा कम्पनीहरुले पनि बोनश तथा हकप्रद सेयर जारी गरेर पुँजी वृद्धिको अभियान चलाएका छन्

४० वटा बीमा कम्पनीहरुमध्ये अहिलेसम्म ४ वटा कम्पनीहरुले मात्रै बीमा समितिले तोकेको पुँजी पुर्याएका छन् । बाँकी केही कम्पनीहरुले हकप्रद जारी गर्ने प्रक्रिया थालिसकेका छन् । अन्य कम्पनीहरु पनि हकप्रदको तयारीमा प्रक्रिया मिलाउँदै छन् । यदि बीमा समितिले हकप्रद जारी गर्ने सहमति नदिएको भए अहिले बीमा कम्पनीहरुलाई मर्जरबाहेकको विकल्प थिएन ।

बीमा कम्पनीहरुलाई फोर्स मर्जरमा लाने नीति बीमा समितिको नभएको अध्यक्ष चिरञ्जीवी चापागाईंले सार्वजनिक गरिसकेका छन् । सहमतिअनुसार नै बीमा कम्पनीहरुले हकप्रद जारी गर्न धमाधम अनुमति लिइरहेको समेत जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार