free website hit counter

हुन्डाईले ल्यायो छुटैछुटका योजना

beemaadmin
२०७६ फाल्गुन १२, सोमबार

काठमाडौं । हुन्डाई गाडीका नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई स्प्रिङ्ग डिलाइट’ योजना सार्वजनिक गरेको छ । यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाउँने बताइएको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निःशुल्क १ वर्ष सम्मको बीमा, आकर्षक एक्सचेञ्ज बोनस स्पट एक्सचेञ्ज तथा मुल्याङ्कनको सुबिधासमेत प्राप्त गर्न सक्नेछन् । साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ । वसन्त ऋतुको नयाँ बहारलाई स्वागत गर्नको लागि यस ‘हुन्डाई स्प्रिङ्ग डिलाइट’ले ग्राहकवर्गमा नयाँ जोस र जागर उत्पन्न गर्ने लक्ष्य लिइएको छ ।

यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस ‘हुन्डाई स्प्रिङ्ग डिलाइट’ योजनामार्पmत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ । यस योजना निर्धारित समयका लागी मात्र लागु हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार