free website hit counter

सिटिजन्सद्वारा विद्यालयलाई आर्थिक सहयोग

beemaadmin
२०७६ फाल्गुन १६, शुक्रबार

बर्दिवास । संस्थागत सामाजिक उत्तदरायित्व अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महोत्तरीको बर्दिवास नगरपालिका– ३ भब्सी स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ८० हजारको आर्थिक सहयोग प्रदान गरेको छ । विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास चोकबाट करिव ५ कि।मी। उत्तरतपÞर्m अवस्थित यस विद्यालयले स्थापनाकाल देखिनै त्यस क्षेत्रभित्रका विशेषत जनजाती, दलित बाहुल्यता रहेको समुदायका बालबालिकाहरुलाइ ज्ञानको ज्योति छर्दै आएको छ । सामाजिक, आर्थिक रूपले विपन्न गरिब तथा दलित बालबालिकाहरुको पठन पाठनमा सहज होस भन्ने उद्देश्यका साथ विद्यालयले उक्त सहयोग रकमबाट विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीको खरिद गरि वितरण गर्ने कुरा जनाएको छ । नेपाल सरकारले अवलम्बन गरेको ‘सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने विद्यालयले जनाएको छ ।
अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार