free website hit counter

प्रुडेन्सियलको हकप्रद १८ गतेदेखि

beemaadmin
२०७६ फाल्गुन १७, शनिबार

काठमाडौ । चुक्ता पुँजी पुर्याउने चटारोमा रहेको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर फागुन १८ गतेदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट ६० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको कम्पनीले फागुन १८ गतेदेखि चैत २३ गतेसम्म  सेयर जारी गर्न लागेको छ ।

बोर्डले गत पुस २९ गते कम्पनीलाई ३८ लाख ४९ हजार एक सय २० कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति अनुसार कम्पनीले हालको चुक्ता पुँजीको सो मात्रा अर्थात ३८ करोड ४९ लाख १२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो ।

कम्पनीले पुँजी वृद्धि गर्नको लागि सो मात्राको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्ने छ । उक्त सेयर धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार