free website hit counter

समुन्द्रमा डुबेर अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको ज्यान गयो

beemaadmin
२०७६ फाल्गुन २३, शुक्रबार

अष्ट्रेलिया । अष्ट्रेलियाको समुन्द्रमा डुबेर एक नेपाली विद्यार्थीको ज्यान गएको छ । बुधबार कुइन्सल्याण्ड राज्यको समुन्द्रमा पौडी खेल्ने क्रममा पोखरा स्थायी घर भएका निकित श्रेष्ठको निधन भएको हो । निकित फेडेरेसन युनिभर्सिटीमा अध्ययनरत थिए। उनी चार जना साथीसँग पौडी खेल्न समुद्रमा गएको थिए । उनलाई पौडी खेल्ने क्रममा समुन्द्रको छालले बगाएको थियो ।
छालमा बगेर बेपत्ता भएपछि उनीसंगै पौडी खेलिरहेका साथीहरुले उद्धारकर्मीलाई सम्पर्क गरेका थिए । उद्धारकर्मीले ५ मिनेटपछि किनारबाट २ सय मिटर पर तैरिरहेको अवस्थामा युवकको भेटेका थिए । युवक फेडेरेसन युनिभर्सिटीमा पढ्थे । युवकको शव व्रिजवेनको कुपर प्लेनस्थित शव गृहमा राखिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार