free website hit counter

एक्सेलले डाक्यो साधारणसभा

beemaadmin
२०७६ फाल्गुन २८, बुधबार

काठमाडौं । एक्सेल डेभलमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । बैंकले चैत २० गते होटल होलिडे होम, बिर्तामोड, झापामा सभा आयोजना गर्नेछ। सभामा सञ्चालक समितिले सिफरिस गरेबमोजिम चुक्ता पूँजीको १७.१० प्रतिशतका दरले बोनस शेयर र सो बापतको कर प्रयोजनको लागि ६२ लाख ३४ हाजर ६५ रुपैयाँ ७८ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जर तथा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले चैत ७ गतेदेखि २० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा भागित लिन तथा लाभांश प्राप्त गर्न सक्नछन्। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार