free website hit counter

टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेता घोषणा

beemaadmin
२०७६ चैत्र १, शनिबार

काठमाडौं । युनाईटेड ट्रेडर्स सिन्डिकेट (टोयोटा) ले १४औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका भाग्यशाली विजेताहरुको नामावली घोषणा गरेको छ । भोईथ कम्प्लेक्समा आयोजना गरिएको उक्त समारोहमा विजेताहरुलाई पुरस्कार र प्रमाणपत्रसहित सम्मानित गरिएको थियो । डिसेम्बर २०१९ देखि फेबु्रअरी २०२० सम्म संचालन भएको यस कला प्रतियोगितामा ३० वटा विभिन्न विद्यालयहरुबाट १००० भन्दा बढी प्रतियोगीहरुले सहभागिता जनाएका थिए । प्रविष्टिहरुमध्ये प्रत्येक प्रविष्टि कोटीका शीर्ष ३ कलाकृतिहरु विजेताको रुपमा चयन गरिएको थियो, जुन जापानमा आयोजना गरिने वल्र्ड कन्टेष्ट २०२१ का लागि नेपालको प्रतिनिधित्व गर्दै प्रवेश गर्न सफल भएका थिए । उक्त प्रतियोगिताले विश्वका हर कुनामा रहेका बालबालिकाहरुलाई गतिशीलताको भविश्यप्रति उनीहरुको विचारधारा उनीहरुको ड्रिम कारका चित्रहरुमार्फत् साझा गर्नका लागि आमन्त्रण गर्दछ । हरेक महान विचार सपनाको झलकबाट पैदा भएका कारण यस क्रियाकलापले पनि आउँदो पुस्ताका महान आविष्कारक, चिन्तक र कल्पनाशील व्यक्तिहरुको रचनात्मकता उजागर गर्दछ भन्ने कुरामा टोयोटा निकै आशावादी रहेको बताएको छ । सन् २००४ देखि संचालन हुँदै आएको यस कला प्रतियोगिता टोयोटाको सामाजिक योगदानको एक प्रमुख हिस्साका रुपमा झल्किँदै आएको छ, र सन् २०१९मा मात्र विश्वभरका ८६ मुलुक र क्षेत्रहरुबाट ९५०,००० प्रविष्टिहरु आएका थिए ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार