काठमाडौं । राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालयको आयोजनामा शाखा कार्यालयहरुको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठीको उद्घाटन सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले गरे भने सञ्चालन संस्थानका सह व्यवस्थापक शुलक्षणा पण्डितले गरेका हुन् ।
गोष्ठीमा नायव महाप्रवन्धक महेश रिमालले संस्थानको उपलब्धी र भावी रणनीतिबारे प्रकाश पारे भने शाखा कार्यालयका प्रवन्धकहरुले आ–आफ्नो शाखाको बर्तमान स्थिति र भावी कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
समापन मन्तव्यको क्रममा संस्थानका प्रशासक कविप्रसाद पाठकले शाखा कार्यालयका प्रवन्धकहरुले उठाएका समस्याहरुको सम्भव भएसम्म समाधान गर्दै जाने र प्रवन्धकहरुले पनि संस्थानको व्यवसायिक योजनाले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न अझ बढी मेहनत गर्नुपर्ने सुझाव दिए ।