free website hit counter

चिनियाँ कम्पनीलाई बाहिरी चक्रपथको जिम्मा

beemaadmin
२०७६ आश्विन ६, सोमबार

काठमाडौं। मेलम्चीको पानी जस्तै सपना बनेको बाहिरी चक्रपथले फेरि चर्चा पाउन थालेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा बसेको लगानी बोर्डको ४० औँ बैठकले बाहिरी चक्रपथ निर्माण गर्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरेपछि फेरि चर्चामा आएको हो । जग्गा मुआब्जाको विषयमा निर्णय लिन नसकेको सो आयोजना अहिले पनि के गर्ने भन्ने निर्णय भएको छैन । बोर्ड बैठकले उपत्यकाको बाहिरी चक्रपथ विस्तार गर्न चाइना कम्यूनिकेशन कन्स्ट्रक्सन कम्पनीको आशयपत्र स्वीकृत गरेको छ।
७२ किलोमिटर लम्बाई रहने यो चक्रपथ निर्माणका लागि सुरु लागत ६ अर्ब लाग्ने भनिएता पनि अहिले रकम बढि सकेको छ। यो सडक ८ लेनको हुनेछ। जसका लागि ७ हजार २ सय रोपनी जग्गा आवश्यक हुन्छ।

नागढुंगामा सुरुङमार्गको ठेक्का सम्झौता
यसैगरी काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोलादेखि जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणका सम्झौता भएको छ । सडक विभाग अन्तरगतको नागढुंगा सुरुङमार्ग आयोजनाले जिम्मा जापानी कम्पनी हाज्मारआन्दो जेभीसँग ठेक्का सम्झौता गरेको हो । तिहारलगत्तैबाट सुरुङमार्ग निर्माणको काम थालिने बताइएको छ । काम थालेको ४२ महिनामा सुरुङमार्ग तयार पार्ने लक्ष्य राखिएको छ । यो आयोजना करिब १५ अर्ब २५ करोडको लागतमा बन्न लागेको हो । करबाहेक सुरुङमार्ग साढे १३ अर्बमा ठेक्का लागेको हो ।
यो सुरुङमार्ग निर्माणका लागि सरकारले यो वर्ष ६ अर्ब २७ करोड विनियोजन गरेको थियो । टेण्डर मूल्यांकन प्रक्रियामा अलमलिँदा यो आयोजना ढिलाई भएको हो । सुरुङमार्गको डिजाइन जापान सरकारले गरेको हो । सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०।०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार