free website hit counter

नेउवा महासंघको साधारणसभा जेठ ७ र ८ गते

beemaadmin
२०७६ चैत्र ७, शुक्रबार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को साधारणसभा जेठ ७ र ८ गते हुने भएको छ । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि कडाई गरेसँगै चैत २८ र २९ गते हुने भनिएको साधारणसभाको मिति महासंघले सारेको हो । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथाम लागि बसेको बैठकले भिडभाडजन्य कार्यका लागि थप कडाइ गरेसँगै महासंघको उक्त निर्णय गरेको जनाएको छ । बिहीबार महासंघको अध्यक्ष भवानी राणा संयोजकत्वमा उपस्थिति पदाधिकारीहरुको सहमतिमा साधारणसभाको मिति सार्ने निर्णय भएको हो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार