free website hit counter

प्रधानमन्त्रीबाट देशवासीका नाममा सम्बोधन हुँदै

beemaadmin
२०७६ चैत्र ७, शुक्रबार

काठमाडौं । कोरोना संक्रमणबाट बच्न सरकारले हरसम्भव सबै प्रयासहरु गरिरहेको छ । देश विदेशका नाका बन्द गरिसकेको सरकारले देशका कोरोना संक्रमण नदेखिए पनि सतर्कताका उच्च उपयाहरु अवलम्बन गरिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । कोरोनाले विश्वव्यापी महामारी सिर्जना गरेको र नेपालमा समेत त्रास फैलिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको छ । प्रधानमन्त्रीले साँझ ५ बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट देशवासीका नाममा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाबाट बच्न भइरहेको प्रयास र भावी रणनीतिबारे जानकारी गराउने छन् । प्रधानमन्त्री ओलीबाट केही विशेष घोषणा पनि हुनसक्ने स्रोतको दाबी छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार