free website hit counter

कोरोनाबाट आत्तिहाल्नु पर्दैन, मनोबल बढाऔं 

beemaadmin
२०७६ चैत्र ९, आईतवार

अहिले कोरोनाको त्रासबाट जनजीवन अस्तव्यस्त बनेको छ | सबैजसो बर्गका व्यक्तिहरु कोरोनाको डरबाट आतंकित भएको अवस्था छ | आम जनसमुदाय कोरोनाको कारण आतंकित हुनुपर्ने अवस्था छैन |

१. कोरोना अहिलेसम्म नेपालमा फैलिएको छैन | फैलिए पनि त्रास मान्नुपर्दैन | कोरोना कमजोर भाइरस हो | कोरोना संक्रमण भएका व्यक्तिमध्ये ८५ % लाई सामान्य खोकी, ज्वरो आएर आफै निको हुन्छ | बाँकी १५ % लाई स्वासप्रश्वासको समस्या देखा पर्न सक्छ | उनीहरुलाई अस्पताल जानुपर्ने हुन्छ | उपचारपछि अधिकांश निको हुन्छन | २-३ % लाई मृत्युको डर हुन्छ | २-३ % मृत्युदर धेरै रोगमा छ |
२. कोरोना नियन्त्रण गर्न सरकारले धेरै योजना बनाएको छ | सुरुदेखि नै प्रभावकारी काम गरेको हुँदा अहिलेसम्म जम्मा १ जनामा मात्र कोरोना संक्रमण देखिएको छ | सरकारले ज्वरो क्लिनिक सुरु गरेको छ | जनचेतना बढाइरहेको छ | हाल दिनमा ५०० जनाको कोरोना संक्रमण टेस्ट गर्ने क्षमता बढाएको छ | बिभिन्न अस्पतालमा आइसीयु र भेन्टिलेटरको संख्या बढाएको छ | स्वास्थ्यकर्मीलाई स्ट्याण्ड बाइ राखेको छ | ६ महिनाको लागि औषधि तथा खाध्य पदार्थको जोहो गरेको छ | चीन तथा अन्य दाता मुलुकबाट आबश्यक उपकरण मगाएको छ | जिल्ला जिल्लामा कोरोना संक्रमण टेस्ट तथा उपचार गर्ने व्यवस्था मिलाउदै छ | आबश्यक परेको खण्डमा पूर्ण लक डाउन गर्ने तयारी गरेको छ | चीन लगायत राष्ट्रले आबश्यक परे जस्तोसुकै सहयोग गर्ने बचन दिएका छन् |
३. ६० बर्ष उमेर कटेका, औषधि खाइरहेका व्यक्तिलाई जोखिम हुन्छ भनेर भ्रम फैलाइएको छ | यो सत्य होइन | सत्य के हो भने, जुनसुकै उमेरका व्यक्तिहरु जो क्यान्सरको अन्तिम स्टेजमा छन् , अंग प्रत्यारोपण गरेका छन्, मधुमेह नियन्त्रण नभएर किड्नी, मुटु लगायत अंगमा असर भएको छ, ब्लडप्रेसर औषधिबाट नियन्त्रण नभएर मुटुको अप्ठ्यारो रोग छ, एचाइभीको औषधिले काम गर्न छोडेको छ …. त्यस्ता व्यक्तिलाई जोखिम छ | जोखिम भनेको मृत्यु होइन | अतिरिक्त ख्याल गर्नुपर्छ भनेको हो | चीन लगायतका देशमा सय बर्ष उमेर पुगेका, दीर्घरोगी तथा एकदम जोखिमपूर्ण स्वास्थ्य भएका निको भएर आरामको जीवनमा फर्केका छन् |
४. बालबालिकालाई संक्रमण हुने डर न्यून छ, मृत्युदर नगन्य छ |
५. हामीले मनोबल नबढाए, विज्ञको कुरामा मात्र विश्वास नगरे, हल्ला र भ्रमले डराए, फेक समाचार पत्याए … हाम्रो जीवन कोरोना भाइरसले हैन मनोरोगले विध्वंश हुन्छ | धेरै मानिसमा त्रासको कारण आत्मबल घटेको छ | स्वस्थ्य जीवनशैली अपनायो भने कोरोनासंग बिल्कुल डराउनु पर्दैन |
६. कोरोनाको त्रासले जीवन असामान्य भएमा मनोविदसंग परामर्श लिन सकिन्छ | आबश्यक परे केहि समयको लागि औषधि खानुपर्ने पनि हुन्छ |
७. योग, ध्यान, नृत्य, संगीत, आर्ट, लेखन, पठन आदिले कोरोना फोबिया हटाउन मद्दत गर्छ |
८. कोरोना भाइरस हामीलाई खोज्दै घरमा आउदैन | हामी नै खोज्दै भीडभाडमा गएर ल्याउने हो | तसर्थ अधिकतम समय घरमै बसौं | सकभर अस्पताल, क्लिनिक नजाऔं | त्यहीबाट संक्रमण सर्न सक्छ | सपिंग मल, सार्वजनिक यातायात, मन्दिर आदिमा अहिले नजाऔं |
९. मोबिलिटी घटाउने काम गरौँ | अर्थात सहरमा आत्तिएर गाउँ जाने, गाउँमा आत्तिएर सहर जाने, धामीझाँक्रीकहाँ जाने, घुम्न जाने जस्ता काम नगरौं |
१०. आर्थिक क्षति भए डर नमानौं | अवस्था नर्मल भएपछि त्यो क्षति सन्तुलनमा आउँछ | यो चक्र हो |

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार