free website hit counter

बैंकिङ्ग सिष्टम ह्याक भएको छैन : कृषि विकास बैंक

beemaadmin
२०७६ आश्विन ८, बुधबार

काठमाडौं । करिब २ करोड रुपैयाँ बैंकबाट अनधिकृत रुपमा व्यक्तिगत खातामा ट्रान्सफर भएको घटना सार्वजनिक भएपछि बैंकले पासवर्ड दुरुपयोगका कारण घटना भएको भन्दै आफ्नो सिष्टम सुरक्षित रहेको दाबी गरेको हो। बैंकिङ्ग सिष्टम सुरक्षित रहेको र ग्राहकहरुको निक्षेप पनि सुरक्षित रहेको दाबी बैंकका प्रवक्ता हिमलाल पौडेलले गरेका छन् । लहान शाखाका ब्राञ्च म्यानेजरको कमजोरीका कारण करिब २ करोड रुपैयाँ अनधिकृत रुपमा व्यक्तिगत खातामा ट्रान्सफर भएको भने उनले स्वीकार गरेका छन् । बैंकले प्रयोग गरिरहेको टी ट्वान्टी फोर सिस्टम बैंकिङ्ग प्रणालीमा प्रयोग हुने उत्कृष्ट बैंकिङ सिस्टम रहेकाले निक्षेपकर्ताको रकम पूर्ण रुपमा सुरक्षित रहेको बैंकले जनाएको छ । घटनामा संलग्नताको आरोपमा ९ जनालाई प्रहरीले मंगलबार नै पक्राउ गरिसकेको छ।

एकै पटक नौं÷नौं लाख रुपैयाँका दरले पैसा झिकिएपछि बैंक ब्यवस्थापनले निगरानी बढाउँदा यो तथ्य पत्ता लागेको हो । गैरकानुनी रुपमा रकम झिकिएको पाइएपछि बैंकले प्रहरीमा उजुरी दिएको थियो। पैसा झिक्ने कर्मचारीहरुलाई पक्राउ परिसकेका छन् । तीन जना कर्मचारीहरुको युजर प्रयोग भएको जनाइएको छ । बैंकले आफ्नो सफ्टवेयर भित्र छिर्नका लागि कर्मचारीहरुलाई ब्यक्तिगत युजर र पासवर्ड दिन्छ। त्यही प्रणालीभित्र छिरेपछि उनीहरुले बैंकको नाफा–घाटा खातामा जम्मा भएको रकमलाई आफ्नो खातामा सारेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार