free website hit counter

खतिवडा फेरि एफएनसीसीआईको महानिर्देशक

beemaadmin
२०७६ आश्विन ८, बुधबार

काठमाडौं। पूर्व सचिव धरणीधर खतिवडा नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा फेरि नियुक्त भएका छन्।यसअघि पनि उनी महानिर्देशक थिए। पशुपति मुरारका एफएनसीसीआईको अध्यक्ष भएपछि राजीनामा दिएर हिँडेका थिए । उनी प्रदीपजंग पाण्डेका पालामा महानिर्देशक नियुक्त भएका थिए। अध्यक्ष भवानी राणा, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ, किशोरकुमार प्रधान र चन्द्रप्रसाद ढकालसहितको पदाधिकारी बैठकले खतिवडालाई ल्याउने निर्णय गरेको बताइन्छ । सरकारसँग समन्वय हुन नसकेका कारण खतिवडालाई ल्याइएको दाबी गरिएको छ । नवनियुक्त महानिर्देशक खतिवडाले महासंघको छविलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा उच्च पार्दै मुलभुत उद्देश्य सफलताका लागि सचिवालयका कर्मचारीहरूबाट आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त शपथ ग्रहणका बेला व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार