free website hit counter

बैंक कर्मचारीले विशेष सुविधा

beemaadmin
२०७६ चैत्र १६, आईतवार

काठमाडौ ।  लकडाउनका कारण अहिले सीमित बैंक तथा वित्तीय संस्था खुला छन् । निश्चित स्थानका शाखामार्फत नगद कारोबार प्रदान भइरहेको छ । लक डाउनका बेला काम गर्ने बैंकका कर्मचारीले विशेष सुविधा समेत पाउने भएका छन् । ती  शाखामा काम गर्ने कर्मचारीलाई विशेष सुविधा दिन बैंकहरुलाई सुझाएको बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बताए । बाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स एसोसिएसनले सबै बंैकहरुलाई लकडाउनमा खटिने आफ्ना कर्मचारीलाई विशेष सुविधा दिन आग्रह गरिएको उनले बताए ।

विशेष सुविधा अन्तर्गत तालिममा पठाउने, प्रोत्साहन भत्ता दिने लगायतको व्यवस्था गरिने दाहालले बताए ।

सबै ठाउँमा बैंकको शाखा नखुल्ने भएकाले एटीएम, मोबाइल बैंकिङ, इन्टनेट बैकिङलाई प्राथमिकता दिन बैंकहरुले ग्राहकलाई भनिरहेका छन् । नेपाल राष्ट बैंकले एटीएम मार्फत नगद प्रवाहको व्यवस्था मिलाउन  भनेको छ ।

सीमित बैंकिङ सेवा मात्र खुल्ने भएपछि नगद झिक्नेको चाप हुने अनुमान भएपनि अन्य दिनको जस्तै अर्थात त्यो भन्दा पनि कम भएको सानिमा बैंकका सिइओ समेत रहेका दाहालले बताए ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार