free website hit counter

कुमारी बैंकका ग्राहकलाई सामान खरिदमा छुट

beemaadmin
२०७६ चैत्र २२, शनिबार

काठमाडौं । कोरोना महामारीका कारण देशव्यापी लकडाउनको कारण बजारहरु पहुँचमा नभएको परिवेशलाई ध्यानमा राखी, कुमारी बैंक लिमिटेडले दराजमार्फत बिगमार्टमा खाद्यान्नलगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको खरिदमा १० प्रतिशत सम्मको आकर्षक छुटको प्रावधान गरेको छ ।
सो सहमतिपश्चात् कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले दराजमार्फत बिगमार्टबाट आफूलाई चाहिने अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु झन्झट बिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन ।
लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम, डिजिटल÷अनलाइन बैंकिङ्ग सेवालगायत नगद काउन्टर, रेमिट्यान्सलगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ ।

सम्बन्धित समाचार