free website hit counter

कोरोना नियन्त्रण कोषमा कर्मचारी सञ्चय कोषको ५ करोड

beemaadmin
२०७६ चैत्र २२, शनिबार

काठमाडौं । सहयोगी हातहरु थपिने क्रममा छन् । कर्मचारी सञ्चय कोषले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ५ करोड रूपैंया आर्थिक सहयोग गरेको छ । कर्मचारी सञ्चय कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी रूपमा महामारी फैलाएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकारको ुकोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषुमा ५ करोड रूपैंया प्रदान गरेको हो । कर्मचारी सञ्चय कोषको संचालक समितिको अध्यक्षमा रामशरण पुडासैनीलाई नेपाल सरकारले नियुक्त गरको छ । पुडासैनी कोषको अध्यक्ष नियुक्ति भएसँगै बुधबार बसेको पहिलो बैठकले कोरोना नियन्त्रणको लागि उक्त सहयोग गरेको हो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार