free website hit counter

मुसहर वस्ती निर्माणका लागि जनताको १० लाख

beemaadmin
२०७६ आश्विन ९, बिहीबार

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जनता बैंकले मुसहर वस्ती निर्माणका लागि रु १० लाख सहयोग गरेको छ । भिषण बाढी तथा डुवानमा परी घरबार गुमाएका सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्तिमा ५२ घर तयार गरी स्थानीयलाई हस्तान्तरण गरिएको छ । उक्त बस्ति निर्माणको लागि जनता बैंकको रु. १० लाख सहयोग हस्तान्तरण गरेको हो । सो रकम बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंबर क्षेत्रीले नेपाल ब्रोडकास्टिङ च्यानलका महाप्रबन्धक सुधिर राजभण्डारीलाई हस्तान्तरण गर्नुभयो ।

बिसं २०७४ श्रावण महिनामा तराई क्षेत्रमा गएको बाढीपिडितबाट घरबार गुमाएका उक्त मुसहरबस्तिका जनताको आबास पुनः निर्माणको लागि मिति २०७४ साउन ३१ गते जनता बैंकमा न्युज २४ टिभी जनता बैंक विपत्ती राहत कोष खाता संचालन गरिएको थियो ।
नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृती लिई उक्त खातामा विभिन्न ब्यक्ती तथा संघ सस्थाबाट जम्मा भएको रकम करिब रु. २ करोड र अन्य सहयोग समेत गरी न्युज २४ को अगुवाईमा उक्त बस्तिमा करिब ३ करोडको लागतमा ५२ ओटा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार