free website hit counter

अस्ट्रेलियामा ३७ जनाको मृत्यु

beemaadmin
२०७६ चैत्र २४, सोमबार

एजेन्सी । विश्वलाई नै महामारीमा धकेलेको कोरोनाका कारण झण्डै ७० हजार मानिसले संसार छाड्नु परिसकेको छ । कोरोना संक्रमणबाट अस्ट्रेलियामा ३७ जनाको मृत्यु भएको छ । नेपाली विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको अस्ष्ट्रेलियामा ५ हजार ७५० जना संक्रमित छन् । संक्रमितमध्ये २ हजार ३१५ जना उपचारपछि निको भएका छन् । अहिले ३ हजार ३९८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ९१ जनाको अवस्था गम्भीर छ ।
अस्ट्रेलियामा वितेको २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । २०० मा नयाँ संक्रमण देखिएको छ । विश्वभर कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९ हजार ४१८ पुगेको छ । विश्वका २०८ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ४ हजार ७२८ जनाले ज्यान गुमाएका छन् । यो भाइरस संक्रमितको संख्या १२ लाख ७२ हजार ७३७ पुगेको छ । २४ घण्टाको अवधिमा ७१ हजार २५४ नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये २ लाख ६१ हजार ४८५ जना उपचारगरि घर फर्किएका छन् । अहिले ९ लाख ४१ हजार ८३४ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् । उपचारमा रहेकामध्ये ४५ हजार ६१९ को अवस्था गम्भीर छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार