काठमाडौं । छिमेकी मुलुक भारतको लकडाउन नखुलेसम्म नेपालमा पनि निरन्तर लकडाउन गरिरहने सरकारको तयारी रहेको बताइएको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि गरेको दुई साता लामो लकडाउन लम्ब्याउने तयारी थालेको छ । यसबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । कोरोना रोकथाम उच्चस्तरीय समितिको आइतबार बसेको बैठकमा पनि यसबारे छलफल भएको थियो । छलफलमा लकडाउनको विकल्प केही नभएको निश्कर्ष निकालिएको स्रोतले बताएको छ । यसबीचमाम सुदूरपश्चिम सरकारले पनि लकडाउनको समयसीमा लम्ब्याउन सिफारिस गरिसकेको छ । अब फेरि एक सासताका लागि लकडाउनको समय सिमा थपिने स्रोतले बताएको छ ।