free website hit counter

कोरोना परीक्षणका लागि नेपालमै भयो यस्तो अविस्कार

beemaadmin
२०७६ चैत्र २४, सोमबार

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका सबै उपाय अवलम्बन गरिरहेको छ । सरकारको प्रयासलाई सफल बनाउन निजी क्षेत्र पनि सँगसँगै हातेमालो गरेर अघि बढेको छ । यसै सिलसिलामा युवा इञ्जिनियर र अनुसन्धानकर्ताको समन्वय र साझेदारी प्रयासमा नेपालमै पहिलो पटक पीपीई बुथको निर्माण गरी शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंलाई. हस्तान्तरण गरिएको छ । स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि पीपीईको अध्यधिक माग भइरहेको र सरकारले मागअनुसार पुर्याउन नसकिरहेको अवस्थामा नेपालमै पहिलो पटक पीपीई बुथ सञ्चालनमा आएको हो । कोरानो भाइरसका सम्भावित संक्रमितको परीक्षणमा सहजताका लागि यो बुथ राखिएको हो ।

सम्भावित संक्रमितको घाँंटीबाट र्याल निकाल्ने क्रममा चिकित्सकलाई पनि कोडिभ १९ सर्नबाट जोगाउन बुथको प्रयोग गरिएको जनाइएको छ । चिकितसक बुथभित्र बसेर सम्भावित संक्रमितको घाँंटीबाट र्याल निकाल्दा चिकित्कसलाई रोग सर्ने सम्भाबना शुन्य हुने जनाइएको छ । संभावित संक्रमितको घाँंटीबाट र्याल निकाल्ने क्रममा चिकित्सक बुथभित्र र सम्भावित संक्रमित बुथको बाहिर बस्ने हुन्छ ।


डा महाविर पुनः अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्रको समूहले यो वुथको विकास गरेको हो । अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा अनुसन्धान केन्द्रले यसको विकास गरेको जनाइएको छ । अमेरिका नेपाल मेडिकल फाउण्डेशनका डा अरुण कँंवरले नेपालमै पहिलो पटक शिक्षण अस्पतालमा यो बुथ राखिएको जानकारी गराए । अबका दिनमा यो बुथ काठमाडौंको बीर अस्पताललगायत कोरोनाको परीक्षण हुने मुख्यमुख्य अस्पतालहरुमा राखिने डा कुँंवरले जनाए ।

बुथ निर्माण समूहमा संलग्न ईन्जिनियर कृष्णभक्त दुवालले सोमबार एक कार्यक्रमवीच अस्पताललाई यो बुथ हस्तान्तरण गरेका छन् । यस क्रममा उनले बुथ निर्माणमा सहयोग गर्ने राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष डा महाबीर पुनः डा अरुण कुँवर, अमेरिका नेपाल मेडिकल फाउण्डेशनका डा शंकर ढकाल, ईन्जिनियर हरेराम हुमागाई, ईन्जिनियर विमलराज गोसाई र सिदार्थविक्रम पाण्डेलगायतलाई विशेष धन्यावद व्यक्त गरे । उनले बुथको प्रयोगले कोरोना भाइरसको उपचारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । इञ्जिनियर कृष्णभक्त दुवालकै सक्रियतामा यसअघि नेपालमा पहिलो पटक भूकम्प प्रतिरोधी प्यानल निर्माणका लागि गोर्खा इको प्यानल नामक कम्पनी नै स्थापना गरी उत्पादन गरिएको थियो । त्यस्तै एक दिनमा १ लाख प्रति इँटा उत्पादन हुने किसिमको वातावरण मैत्री टनेल क्लिन समेत स्थापना भई सञ्चालनमा आएको थियो ।

सम्बन्धित समाचार