free website hit counter

कोरोना चिन्ता यसरी ब्यबस्थापन गराैं

beemaadmin
२०७६ चैत्र २६, बुधबार

१. हात सम्हाल्नुहोस | हाम्रो हातले बाहिर कतै छुने काम नगरोस् | हाम्रो हात नाक, मुक, आँखामा नजाओस् | सकभर दाहिने हात चल्ने व्यक्तिले बायाँ हात चलाउनुहोस् | देब्रे हात चल्नेले दायाँ हात चलाउनुहोस् | खोक्दा कुहिनोमा मुख राख्नुहोस् | हातलाई पटक पटक साबुनपानीले मिचिमिची धुनुहोस् | सफा आफ्नै टावेलले हात पुछ्नुहोस | त्यो हातमा अझै शंका छ भने २-४ थोपा ह्याण्ड स्यानिटाइजर वा स्प्रिट कपास राखेर सफा गर्नुहोस् | आफ्नै शरीरमा पनि हातको भ्रमणमा रोक लगाउनुहोस् |
.
२. आफुलाई चाहिने सामान स्टक राख्नुहोस् | सरकारले स्टक नराख्न भनेपनि हातमुख जोड्नै पर्यो | स्टक पनि नराख, घर बाहिर पनि नजा भनेर हाम्रो दैनिक समस्या अरुले टार्ने होइन | तसर्थ मन ढुक्क र शान्त हुनको लागि आफुलाई चाहिने औषधि, चामल, पिठो, दाल, तेल, नुन, साबुन, बच्चाले खाने आइटम लगायत १-२ महिनाको नकुहिने खाद्यान्नको स्टक राख्नुहोस् | यसले तपाइंलाई निस्फिक्री र सुरक्षित अनुभव गराउँछ | आत्मबल बढ्छ | पसल रित्तो भएपनि तपाईलाई तनाब हुँदैन | अत्यधिक स्टक नराख्नुहोस् | हामी जस्तै अरु व्यक्तिलाई पनि स्टक चाहिन्छ भन्ने बुझ्दा झन् आनन्द आउँछ | अलिकति क्यास पैसा पनि राख्नुहोस् | बैंक जाने स्थिति नभएपनि काम चल्छ भनेर तपाईलाई थप निस्फिक्री बनाउँछ, पैसाको स्टकले |
.

३. थोरै तथा आधिकारिक समाचार सुन्नुहोस् | कोरोना प्रकोप कहाँ कसरी फैलिएको छ, आफ्नो देश र ठाउँमा कस्तो छ ? आफ्नो तथा अरु देशका सरकारले कसरी काम गरिरहेका छन् ? आदि तथ्यको जानकारी लिनुहोस् | यसले गर्दा तपाइले आफु सुरक्षित हुने उपाय सिक्नुहुन्छ | वैश्विक महामारीको कारण चिन्ता नलिनुहोस | तर राम्रोसंग जानकारी लिनुहोस् | हाम्रो शरीर तथा मनले विषम अवस्था थाहा पायो भने यसको बचावटको लागि हरदम तयार रहन्छ |
.
४. – समयको सदुपयोग गर्नुहोस् | कोरोना संक्रमणको तीब्र प्रसारले गर्दा हाम्रा अनेक काम जस्तै सेमिनार, पेशागत कार्यक्रम, धार्मिक तथा सांस्कृतिक कार्यक्रम आदि रोकिएका छन् | संसार ठप्पप्राय: हुँदा धेरैको रोजगारी गएको छ, आयश्रोत सुकेको छ | यस्तो अवस्था सधै रहदैन | त्यो बेलासम्मको लागि खाने, सुत्ने, फ्लिम हेर्ने, नेट चलाउने मात्र नगर्नुहोस् | आफ्ना परिवार तथा आफन्तसंग स्मरणयोग्य समय बिताउनुहोस् | गीत सुन्नुहोस्, आर्ट गर्नुहोस्, केहि लेख्नुहोस्, सकारात्मक छलफल गर्नुहोस् , आफ्नो सरसफाई, खानपिनमा ध्यान दिनुहोस् | योग गर्नुहोस्, ध्यान गर्नुहोस्, उर्जा दिने खालका स्पिच सुन्नुहोस् | यो मौका हाम्रो जीवनमा कहिल्यै आएको थिएन र पछि पनि आउने छैन | यसलाई फिल गर्नुहोस् |
.
५. बिनम्र, दयालु र सहयोगी बन्नुहोस् | सबै जात, धर्म, लिंग, उमेर र बर्गका व्यक्तिसंग समभाव राख्नुहोस् | यो समय बिरोध मात्र गर्ने समय होइन | साम्प्रदायिक हुने समय हैन | लोभीपापी हुने समय होइन | आफुलाई अत्यावश्यक सामान बाहेक धेरै संग्रह गर्न्र समय हैन | अत्यन्तै न्यून आय भएका छिमेकीलाई सहयोग गर्दा धर्म मात्र हैन आफ्नो मन शान्त तथा प्रसन्न हुन्छ | यो समय भ्रष्ट्राचार गर्ने, घुस खाने, कमिसन खाने जस्तो निकृष्ट काम गर्ने समय हैन | केहि लोभीपापीले कात्रोमा खल्ती सिलाएका छन् भने तिनीहरु निदाउन पाएका छैनन्, पैसा लुकाउने तनावले छटपटीएका छन्, अरुले थाहा पाउँछ कि भनेर त्रसित छन्, भविष्यमा जेल्बास हुने हो कि भनेर कहालिएका छन् | अर्थात उनीहरुले आफ्नी इम्युनिटी पावर ध्वस्त गरिरहेका छन् | हामीले त्यस्तो पाप नगर्दा आत्म शान्ति मिल्छ |

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार