free website hit counter

चार जनालाई पन्छाउँदै नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्ण अधिकारी नियुक्त

beemaadmin
२०७६ आश्विन १२, आईतवार

काठमाडौं। नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन्। शनिबार बसेको बैंक सञ्चालक समिति बैठकले अधिकारीलाई ४ बर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको हो। १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै अधिकारी सो पदमा पुग्न सफल भएका हुन् ।
बैंकको डेपुटी सिइओका रुपमा कार्यरत अधिकारी प्रमुख कार्यकारीबाट देवेन्द्रप्रताप शाह अवकास भएपछि कामु सिइओ बनेका थिए। उनले ६ महिनादेखि बैंकको नेतृत्व गर्दै आएका थिए। अधिकारी नेपाल बैंककै करियर बैंकर हुन्। उनले २०६१ देखि सहायक प्रबन्धक तहबाट बैंकिङ करियर सुरु गरेका थिए। उनी त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका अधिकारीले पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबिए गरेका छन् । बैंकको सिइओका लागि १४ जनाले आवेदन दिएका थिए । अन्तिम छनोटमा परेका ४ जनामध्येबाट अधिकारी छनौट भएका हुन् । अन्तिम चारमा अधिकारीसँगै पुष्पराज भण्डारी, शेषरमण आचार्य र शंकरकुमार रायमाझी छानिएका थिए ।
पुष्पराज भण्डारीलाई सिइओ बनाउने भित्री तयारी भइरहेको बेला भण्डारी बैंक अफ काठमाण्डूको ऋण मुद्दामा मुछिएपछि अधिकारीको बाटो खुलेको हो । भण्डारी राष्ट्र बैंक हुँदै नेपाल एसबिआइ, वीरगञ्ज फाइनान्स, बैंक अफ काठमाण्डूसम्म पुगेका थिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार