free website hit counter

सामाजिक दुरीसहित कर्मशिल बनाैं

beemaadmin
२०७७ बैशाख ५, शुक्रबार

यसाे गरे कसाे हाेला।

१.संबधित स्थानिय र प्रदेश सरकारले आ-आफ्ना क्षेत्रका नागरिक लाई घर लैजाने । यसरी आएका ब्यक्तिको रेकर्ड राखी घरमा नै यकान्तबास १४ दिनसम्म राख्ने ।

२.गाउँघर पुगेका मानिसलाई सामाजिक दुरि कायम गरि कृषि काममा लाग्ने वातावरण बनाउने । हुने खानेले चन्दा दिनु भन्दा खेती पातिको काम जस्तो उखु गोड्ने, गँहु काटने, मकै छर्ने जस्ता ३० दिनको रोजगारी दिने (500*30=15000)। दिने । यस्का लागि सार्बजनिक आव्हान गर्ने, भाेलेन्टियर परिचालन गरि हुने खाने लाई आकर्षित बनाउने । यसबाट राहत लिनेमा आत्मस्वाभिमान हुन्छ । यसैगरी लाज पचाएर हुनेखानेले राहत माग्ने प्रबित्ती पनि रहँदैन । देश्को ढुकुटी रित्तिदो छ । जथाभाबी बिधाता बनी गरीबको भगवान बन्न खोज्ने व्यक्ति पनि हटछ । सोचौं त लकडाउन केही समय अझ लम्बियो भने कस्ले सहयोग गर्छ ? कहाँबाट ल्याएर राहत बाड्ने ?

३. स्थानिय सरकारले किसानको उत्पादनः अन्न, तरकारी, फलफुल, दुधजन्य पदार्थ खरिद गरि प्रदेश र संघीय सरकार सग समन्वय गरि बिक्री वितरणको ब्यबस्था गर्ने।

४. लक डाउन कायम नै रहेमा अत्यावश्यक सेवामा काम गर्ने बाहेकका कर्मचारिहरुलाइ आधा पारिस्रमिक दिएर घर जान दिने ताकी उनिहरुलाइ समेत उत्पादनमुलक काममा लगाउने ।

५. सरकारले सांसद बिकास कोषलगायत सबै प्रकारका रकम तुरुन्त खिच्ने । सोचौं त राजस्व ठप्प प्राय छ। सबै देश आ-आफै प्रताडित छन् एडीबी, वल्ड बैंकजस्ता दाताकाे १५-२० अरबले कति दिन पुग्ला।

६. नागरिकलाई सुताएर होइन सामाजिक दुरी कायम गराउँदै कर्मशिल हुने अबसरको रुपम उपयोग गरौ।

(सामाजिक सञ्जालबाट । खड्का उद्योग विभागको उपसचिव पदमा कार्यरत हुनुहुन्छ)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार