free website hit counter

एनएमबि र ओमको एकीकृत कारोबार सुरु

beemaadmin
२०७६ आश्विन १२, आईतवार

काठमाडौं । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकले एनएमबी बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेका छन्। बैंकले शनिबार गण्डकी प्रदेशको पोखरामा एक कार्यक्रमका बीच सोही प्रदेशका अर्थमन्त्री किरण गुरुङ्गको उपस्थितीमा एकिकृत कारोबार सुरु गरेको हो।
एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट असोज १ गते अन्तिम स्वीकृति पाएपछि कम्पनी रजिष्ट्रारको कार्यालयबाट असोज ५ गते अनुमति पाएको थियो। सो पश्चात बैंकले शनिबारदेखि एकिकृत कारोबार सुरु गरेको हो।

एनएमबि र ओम १०० बराबर ७६ अनुपात स्वाप रेशियोमा मर्ज गरेका हुन् । मर्जरपश्चात एनएमबी बैंकको कूल शाखा संख्या १६३, एटिएम १२८ र एक्स्टेन्सन काउण्टर ५ वटा पुगेको छ। एनएमबि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ र ओमको २ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो। एकीकृत बैंकको चुक्ता पूँजी ११ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार