free website hit counter

न्युयोर्कमा लागू भयो यति कडा नियम

beemaadmin
२०७७ बैशाख ७, आईतवार

एजेन्सी । विश्वभर कोरोनाको आतंक भइसक्दा पनि माक्स लगाउने र लकडाउनको विषयमा फरक मत राख्दै आएको अमेरिका पछिल्लो समय कोरोनाको चपेटामा छ । ४० हजार हाराहारी मान्छेको ज्यान गएपछि बल्ल अमेरिकाले विश्वले अपनाएका प्रविधिको नक्कल गर्न थालेको छ । अमेरिकाको न्युयोर्कमा कोरोना महामारीले तिब्र रुप लिएपछि त्यहाँको स्थानीय प्रशासनले कडा नियम जारी गरेको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु कुओमोले शुक्रबार एक विज्ञप्ती जारी गरी अब प्रत्येक नागरिकले आफ्नो अनुहार छोप्नैपर्ने कडा निर्देशन जारी गरेका हुन् । उनले प्रत्येक नागरिकले मास्क लगाउन र सार्वजनिक ठाउँमा रहँदा अनिवार्य अनुहार छोप्नुपर्ने निर्देशन जारी गरेका छन् । विज्ञप्तिमा सामाजिक दुरीलाई पनि कडाईका साथ लागू गर्नुपर्नेमा जोड दिइएको छ । यो नियममा २ वर्षभन्दा मुनिका बालबालिकालाई भने छुट दिइएको जनाइएको छ । यसअघि गभर्नर कुओमोले १५ मेसम्मका लागि सबै नागरिकहरुलाई घर बाहिर ननिस्कन आह्वान गरेका थिए । उनले यसअघि यो विषयमा उत्तरपूर्वी राज्यहरुसँग छलफल गरेर अघि बढ्ने अर्को महिना समीक्षा गर्ने बताउँदै आएका छन् ।
राष्ट्रपति ट्रम्प र गभर्नरहरुको यो टक्करलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ । राष्ट्रपति ट्रम्प न्युयोर्क र उत्तरपूर्वी राज्यका जनताहरुको जीवन रक्षाका लागि गम्भीर नभएको आरोप गभर्नरहरुले लगाउँदै आएका छन् । अमेरिकामा अहिलेसम्म संक्रमणका कारण ३८ हजारभन्दा बढीको मृत्यु भैसकेको छ भने संक्रमित हुनेको संख्या ७ लाख बढी पुगेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार