काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गौरवमय १३ वर्ष पूरा गरी १४ वर्षमा प्रवेश गरेको छ । समय, काल र पस्थितिअनुसार प्रविधिको उच्चतम प्रयोग गर्न सफल सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कोरोना भाइरसको आतंकका बीचमा पनि अत्याधुनिक प्रविधि अंगाल्दै बैंकिङ्ग सेवा प्रवाह गर्दै आएको छ भने वार्षिकोत्सव कार्यक्रम पनि प्रविधिकै माध्यमबाट मनाएको छ । अघिल्ला वर्षहरुभन्दा भिन्दै प्रकृतिको वार्षिकोत्सव बैंकले मनाएको छ । बैंकको ३३२औं सञ्चालक समितिको बैठकले यस सुखद् अवसरमा समस्त ग्राहकवर्ग, शेयरधनी, नियामक निकाय तथा शुभचिन्तहरुमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ । यही अवसरमा १३ वर्षको अवधिमा बैंकद्वारा हासिल विभिन्न उपलब्धि तथ प्रमुख वित्तीय सूचकाङ्कहरु समावेश गरेर तयार पारिएको डिजिटल प्रस्तुति पनि सार्वजनिक गरेको छ । यो प्रस्तुति यस बैंकको वेबसाइट तथा फेसबुक पेजमा राखिएको बैंकले जानकारी गराएको छ ।
हरेक त्रैमासमा यस बैंकले प्रमुख वित्तीय सूचकाङ्क, कर्मचारीद्वारा लेखिएका विभिन्न लेखरचना तथा बैंकमा भएका विभिन्न गतिविधिहरु समावेश गरेर प्रकाशन गर्दै आएको ई–बुलेटिनको दोस्रो संस्करणको लोर्कापण १३औं वार्षिकोत्सवको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले गरे । बैंकले आफनो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘सिटिजन्स एक्स्ट्रा फिक्स्ड डिपोजिट’ निक्षेप योजना सार्वजनिक गरेको छ । ३ महिना देखि १० वर्ष सम्मको अवधि तथा रू १ लाखको यूनतम मौज्दातमा यो खाता खोल्न सकिनेछ र यस खातामा ८.२५ प्रतिशत व्याजदर उपलब्ध हुनेछ । शाखा प्रबन्धकले उक्त व्याजदरमा ०.५० प्रतिशत व्याजदरसम्म थप गर्न सक्नेछन् । यस निक्षेप योजनाअन्तर्गत व्यक्तिगत मुद्दति खाता खोल्ने गा्रहकहरूले मुद्दति खाताबाट आर्जित व्याजमा समेत मुद्दति खाता बराबरकै ८.२५ प्रतिशत व्याजदर पाउन सक्नेछन् । या निक्षेप योजना बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट उपलब्ध हुनेछ ।