free website hit counter

नेको इन्स्योरेन्सका कर्मचारीको दयालु मन

beemaadmin
२०७७ बैशाख ९, मंगलवार

काठमाडौं । मुलुक लगातार लकडाउनमा रहँदा श्रमिक वर्ग चर्को चपेटामा परेकोछ । त्यसैले श्रमिक वर्गलाई सहयोग गर्ने मनकारीहरु बढिरहेका छन् । नेको इन्स्योरेन्स काठमाडौं उपत्यका भित्रका शाखाहरुमा कार्यरत कर्मचारीले रकम संकलन गरी लकडाउनका कारण समस्यामा रहेका परिवारलाई सहयोग गरेका छन् । हाल कोभिड १९ को संक्रमणबाट सुरक्षित रहनको लागि नेपाल सरकारले गरेको लकडाउनको कारण सिफल, गौशाला आसपास रहेका बालआश्रमका बालबालिका, गलैंचा मजदुर, यातायात मजदुरहरुलाई विहान बेलुका हातमुख जोर्न समस्या परेको भनी मानव स्वास्थ्य सतर्कता अभियान नामक संस्थाले गरेको अनुरोधलाई मध्यनजर गर्दै बालआश्रमका ९२ जना तथा १०६ परिवार मजदुरका ४२० जना गरी करिब ५१५ जनालाई १० दिनको लागि आवश्यक पर्ने खाद्यान्न (चामल, दाल, नुन, चाउचाउ) सहयोग प्रदान गरिएको जनाएको छ । केही दिन अघि पनि कम्पनीका प्रमुख कार्यकारी अधिकृतले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको रकमबाट किर्तिपुरमा करिब ८०० विद्यार्थीहरुलाई १५ दिनको लागि आवश्यक पर्ने खाद्यान्न वितरण गरेका थिए ।

सम्बन्धित समाचार

अभियान लघुवित्तमा खुल्यो जागिर

beemaadmin
२०८१ मंसिर १६, आईतवार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार