free website hit counter

एनआईसी एशियाले थप्यो एकै दिन चार शाखा

beemaadmin
२०७६ आश्विन १३, सोमबार

काठमाडौं । सबै स्थानीय तहमा पुग्ने लक्ष्य लिएको देशकै ठूलो बैंक एनआईसी एशियाका चार नयाँ शाखाहरु र एक शाखारहित बैंकिङ्ग सेवा असोज १२ देखि थपिएका छन् ।
पूर्वी रुकुमको सिस्ने गाउँपालिका–६ स्थित रुकुमकोट शाखाकोे उद्घाटन सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले गरे । त्यस्तै चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं १८ स्थित चनौली शाखाको उद्घाटन बैंकका उपप्रादेशिक कार्यालयका प्रमुख विश्व पौड्यालले गरेका छन्ु ।
चितवन जिल्लाकै राप्ती नगरपालिका–५ स्थित भण्डारा शाखाको उद्घाटन राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाइँले गरे । साथै काठमाडौं जिल्ला कागेश्वरी मनहरा नगरपालिका वडा नं ९ काँडाघारीस्थित काँडाघारी शाखाको उद्घाटन बैंकका उपप्रादेशिक कार्यालयका प्रमुख वन्दना पोखरेलले गरिन् ।
यसैगरी झापा जिल्लाको कचनकवल गाउँपालिका–३ को पथरिया नयाँबजारमा सञ्चालनमा आएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कचनकवल शाखाका शाखा प्रबन्धक प्रविण खड्काले गरे । यी चार शाखाहरु र थप एक शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै सो क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार