free website hit counter

उदयपुरमा फेरि ८ जनामा कोरोना संक्रमण देखियो

beemaadmin
२०७७ बैशाख ९, मंगलवार

काठमाडौं । मुलुक लकडाउन गर्दै संकास्पद स्थानमा छापामारको शैलीमा संक्रमित खोज्ने क्रममा उदयपुरमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो । सो परीक्षणबाट उनीहरुलाई कोरोना संक्रमण पुष्टि गरिएको हो । कोसी अस्पतालका चिकित्सकले जनाएअनुसार उदयपुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपाली कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरुलाई कोरोना संक्रमण भएको हो । उदयपुरका अर्का एक युवकमा पनि मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको छ । योसमेत मंगलबार उदयपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार