free website hit counter

युनिलिभरले दिनेभयो प्रतिशेयर ७ सय ७० लाभांश

beemaadmin
२०७६ आश्विन १४, मंगलवार

काठमाडौं । नेपाली शेयर बजारमा सबैभन्दा उच्च मूल्यमा शेयर कारोबार भइरहेको युनिलिभर नेपालले आर्थिक वर्ष २०७५/०७६ को लाभांश वितरण गर्ने प्रस्ताव गरेर कम्पनीको २६औं वर्षिक साधारण सभा बोलाएको छ । कार्तिक ७ गते बेलुका ४ बजेका लागि सिल्भर ओक ब्याड्क्वेट गैह्रिधारा काठमाण्डौंमा साधारण सभा बोलाएको हो ।

साधारण सभामा कम्पनीले गत वर्षको कमाईबाट शेयरधनीहरुलाई सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम प्रति शेयर ७७० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजादै छ। त्यसैगरी सभामा कम्पनीको स्वतन्त्र सञ्चालकमा ४ वर्षको लागि सुवास बज्राचार्यलाई पुर्ननियुक्ति गर्ने प्रस्ताव पनि लैजाने भएको छ।

Advertisement
Advertisement

कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि असोज २२ गतेदेखि साधारण सभासम्म बुकक्लोज गर्ने भएकाले असोज २१ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको लाभांश पाउन तथा साधारण सभामा प्रतिनिधित्व गर्न पाउनेछन्। युनिलिभर नेपालले गत आर्थिक वर्ष २०७५/०७६ को अन्त्य सम्ममा ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु बिक्री गरी एक अर्ब ६ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Advertisement
Advertisement

सम्बन्धित समाचार