free website hit counter

फेरि थपिए दुई जना संक्रमित

beemaadmin
२०७७ बैशाख ११, बिहीबार

काठमाडौं । उच्च सतर्कतका कारण नेपालमा कोरोना भाइरसको महामारी फैलिन नपाए पनि छिटफुट रुपमा संक्रमित थपिनेक्रम बढेको छ । बिहीबार फेरि कोरोनाभाइरसको थप दुई जना संक्रमित थपिएका छन् । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या ४७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुरबाट संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण वर्ष ५५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै जनकपुरका १४ वर्षीया पुरुषमा पनि संक्रमण पुष्टि भएको उनले बताए । उनले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिए ।
यसैगरी आजै पाटन अस्पतालको आइसोलेनमा उपचार गराइरहेका दुई जना निको भएर घर फर्किएका छन् । उनीहरु पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका हुन् । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ९ जना पुगेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार