free website hit counter

रोकथाम कोषलाई सानिमाको १ करोड ६८ लाख सहयोग

beemaadmin
२०७७ बैशाख ११, बिहीबार

काठमाडौं । कोरोना भाइरस विरुद्धको युद्धका लागि सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा दिनदिनै रकम थपिनेक्रम बढ्दो छ । व्यक्तिगत तथा संस्थागत रुपमा रुपमा सहयोग गर्ने दाताहरु बढ्ने क्रममा छन् । यसै सिलसिलामा सानिमा बैंकले संस्थागत सामाजिक उत्तदायित्व बहन गर्दै कोरोना भाइरस (कोविड–१९) को महामारी नियन्त्रण तथा उपचारको सहयोगका लागि नेपाल सरकारलाई रु १ करोड ६८ लाख सहयोग उपलब्ध गराएको छ । जसअन्तर्गत बैंकका कर्मचारीहरुको तर्फबाट रु ३३ लाख प्रदान गरिएको छ । केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा रु ९८ लाख र प्रत्येक प्रदेश सरकारलाई रु १० लाखका दरले ७० लाख सहयोग रकम उपलब्ध गराइएको छ ।बैंकका हरेक प्रादेशिक कार्यालयका प्रतिनिधिहरुमार्फत् आ–आफ्ना प्रदेश सरकारलाई सो सहयोग रकम हस्तान्तरण तथा केन्द्र सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा रकम जम्मा गरेको हो । यसबाट कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि सरकारलाई मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । यस प्रतिकूल परिस्थितिमा बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिरका विभिन्न शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै विभिन्न डिजिटल बैंकिङ्ग च्यानलहरुमार्फत् निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार