free website hit counter

बेलायतमा कोरोनाविरुद्ध मानिसमा खोप परीक्षण, वैज्ञानिक भन्छन्, ८० प्रतिशत ढुक्क छौं

beemaadmin
२०७७ बैशाख १२, शुक्रबार

एजेन्सी । विश्वभरका आम मानिसको चाहना हो कोरोना विरुद्धको भ्याक्सिन बनोस् । तर विश्वभरका वैज्ञानिकहरुले रातदिन मेहनत गर्दा पनि कोरोना भाइरसविरुद्ध भ्याक्सिन आविष्कार गरे पनि मानिसमा सफल परीक्षण भइसकेको छैन । यसै क्रममा बेलायतमा कोरोना भाइरसविरुद्धको पहिलो खोप मानिसमा परीक्षण गरिएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरस विरुद्धको खोपको पहिलो मानव परीक्षण सुरु भएको हो । बिहीबार सुरुमा २ जना स्वयंसेवकलाई इन्जेक्सन दिइएको छ । खोपको परीक्षण अध्ययनका लागि अन्य ८ सयभन्दा बढीलाई इन्जेक्सन दिइने तयारी गरिएको बताइएको छ । यो खोप ३ महिनाभित्र अक्सफोर्ड विश्वविद्यालयको टोलीद्वारा विकसित गरिएको हो । यो अभियानका लागि जेनर इन्स्टिच्युटबाट भ्याक्सिनोलोजीकी प्रोफेसर सारा गिलबर्टले प्रि–क्लिनिकल अनुसन्धानको नेतृत्व गरेकी थिइन् । खोपको परीक्षण सुरु गरेपछि उनले भनिन्, व्यक्तिगत रुपमा मलाई यो खोपमा निकै विश्वास छ, प्रोफेसर गिल्बर्टले भनिन्, ‘मलाई ८० प्रतिशत आत्मविश्वास छ कि यो भ्याक्सिनले काम गर्छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार