free website hit counter

प्याज उखेलेको विषयमा झगडा हुँदा ज्यान गयो

beemaadmin
२०७७ बैशाख १७, बुधबार

सर्लाही । बच्चाले प्याजको विरुवा उखेलेको विषयमा दुई परिवारबीच कुटपिट हुँदा एक महिलाको मृत्यु भएको छ। सोमबार राति हरिपुर्वा–८ वसन्तपुरका एक बालकले छिमेकीको घरमा प्याजको विरुवा उखेलेपछि ती परिवारबीचको झगडाले उग्र रूप लिन पुगेको हो। बच्चा छिमेकीको बारीमा गएर प्याज उखेलेको रहेछ, डिएसपी मदन कुँवरले भने, सुरुमा त्यहाँकै बच्चासँग झडप भएपछि फेरि परिवार–परिवार नै झडपमा उत्रिए। खोधदी अन्सरीको परिवारले कुटपिट गर्दा ४३ वर्षीया सैदुल खातुनको मृत्यु भएको कुँवरले बताए। जानकी अस्पताल जनकपुरमा लैजाँदै गर्दा उनको ज्यान गएको थियो। प्रहरीले घटनामा संलग्नमध्ये पाँच जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको छ। मृतक खातुनको शव अहिले प्रादेशिक अस्पताल जनकपुर शवगृहमा राखिएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार