काठमाडौं । लकडाउनका कारण घरैमा थुनिएका आफ्ना ग्राहकलाई बजारसम्म जाने झन्झटबाट मुक्त गराउन सनराइज बैंकले घरमै बसेर सामान खरिद गर्ने व्यवस्था मात्रै मिलाएको छैन १० प्रतिशत क्यास ब्याकको पनि व्यवस्था गरेको छ । ग्राहकहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि फूडमन्डुमा माग गरिएको अर्डरका लागि सनराइज बैंकको डेबिट÷के्रडिट कार्ड तथा क्यूआर कोड प्रयोग गरी सामान खरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने छ । यो अफर लकडाउन अवधीसम्म काठमाडौं उपत्यका भित्र मात्र मान्य हुने बैंकले जनाएको छ ।
वर्तमान परिस्थितितथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरु ग्रिएको बैंकले जनाएको छ । घरमा नै सुरक्षित बसेर डिजिटल बैंकिङ्ग सुविधाको उपभोग गर्न बैंकले ग्राहकहरुलाई आग्रह गरेको छ । साथै बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटीएम नेटवर्क, अनलाइन बैकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिट्यान्स सेवाहरु सुचारु राख्दै आएको छ ।