काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २१ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष रामकृष्ण बाराही, सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र कोषाध्यक्ष रविशम्सेर थापाले संयुक्त रुपमा केक काटेर वार्षिकोत्सव सर्षोल्लासका साथ मनाए ।
उक्तकार्यक्रममा संचालक समिति, विभिन्न उपसमिति, सल्लाहकार समिति र सेयर सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाका सचिव एंव प्रमुख कार्यकारी निर्देशक भण्डारीले २१ औंं वार्षिकोत्सवको अवसरमा देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीले देशको समग्र आर्थिक क्षेत्रको विकासमा संस्थाले आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजनाहरुअघि बढाउदै लैजाने बताए।
संस्थाका विविध गतिविधिको बारेमा जानकारी गराउदै उनले भविष्यमा सो संस्थालाई थप प्रभावकारी रुपमा अघि बढाइने बताए । संस्था स्थापना भएको दुई दशकमा सहकारीको शेयर सदस्यको संख्या बढेर करिब २१ हजार पुगेको छ । संस्थाले आफ्नो लगानीमा देशकै सर्वाधिक ठूलो गाई फार्म संचालन गरेको छ । अस्पताललाई थप गुणस्तरीय सेवा उपलब्ध गराउन सहकारी संस्था मार्फत आफ्नै भवनमा अस्पताल संचालन गर्ने तयारी गरेको संस्थाले जनाएको छ ।