बोस्टन । अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिल शहरमा बस्दै आएका महेश पन्थीको कोरोना संक्रमणबाट निधन भएको छ। उनको मंगलबार बिहान निधन भएको हो। भर्जिनियाको फेयरफ्याक्स काउन्टीस्थित इनोभा फेयर ओक्स अस्पतालमा २० दिनको उपचार असफल भई पन्थीको निधन भएको हो। ललितपुर कुपण्डोलका नेपालमा रहँदा फ्रेन्डस क्लबबाट फुटबल खेल्ने गरेका थिए। उनको परिवारमा आमा, श्रीमती, छोरा र छोरीसँग छन्। उनको दाहसंस्कार आगामी शुक्रबारसम्ममा गरिने बताइएको छ।