free website hit counter

बाख्रा चराएर फर्किएका बालबालिका बमबिष्फोटमा परे

beemaadmin
२०७७ बैशाख १८, बिहीबार

काठमाडौं । बेवारिसे बम पड्किँदा रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा चार बालबालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार बेबारिसे अवस्थामा राखिएको बम खेलाउँने क्रममा विष्फोट भई चार जना बालबालिकाको मृत्यु भएको बताइएको छ । घटनास्थलमा रोल्पाको होलेरी र जुँगारबाट प्रहरी टोली पठाइएको जानकारी दिइएको छ । गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको बताएका छन् । बिस्फोट परी ज्यान गुमाउनेहरुमा रोल्पाको त्रिवेणी गाउँपालिका ७ बस्ने १४ वर्षीय नोखिराम डाँगी, ११ वर्षकी विमला खत्री, ५ वर्षका विजय खत्री र १३ वर्षका गौरव नेपाली रहेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार