सबै पाठकवर्ग तथा शुभचिन्तकमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला ।
१८ गते फुलपाती साइत प्रातः ८: ५२
१९ गते महाअष्टमी ।
२० गते महानवमी ।
२१ गते बिजयादशमी, देवी बिसजर्न प्रातः ८ः४५ बजे, टीका साइत प्रातः १०ः३५ ।
मेष : धार्मीक मठ मन्दिरमा पुजा गर्दै भ्रमण गर्न सकिनेछ । विभिन्न साथीभाइहरूसगँ गफ गाफमा अल्झिदा व्यवसायमा संकट आइलाग्न सक्छ । सामाजिक हैसियत कायम राख्न जीवनशौलिमा परिर्वतनको खाँचो पर्नेछ । साताको अन्त्यमा मान्यजहरूले आर्शिवाद सहित नगद प्रदान गर्नेछन ।
वृष : रातो रंगलाई प्राथमिक दिएमा नयाँ अवसर तथा सुझाव दिनेहरू प्रशस्त भेटिनेछन । मान्यजनको आर्शिवादले लक्ष्यमा पुग्न उर्जा प्राप्त हुनेछ । आफन्त बिचको भेटघाटले साता रमाइलो पूर्वक नै बित्नेछ । साताको अन्त्यमा अनावश्यक खर्चले पिरोल्न सक्छ, संयमित भइ खर्च गर्नुहोला ।
मिथुन : पारिवारीक जमघटमा तपाईको रोजाइलाई स्विकार्दै मंगलिक कार्य सम्पन्न गर्ने तिथितय हुने सम्भावना छ । रमाइलो यात्रा गर्ने अवसर जुटन सक्छ । हृदयबाट मन पर्ने व्यक्तिहरूसगँको भेटघाटले साता उत्साहप्रद रहनेछ । सेवा मुलक काम गरेर नाम दाम एवं प्रतिष्ठा कमाउन सकिनेछ ।
कर्कट : परोपकारी कार्यमा उत्सुकता बढ्नेछ । आइतबार पछिका दिनहरूमा ठुलाबडाबाट आर्शिवाद प्राप्त भै मन प्रफुल्लित हुनेछ । आफुसगँ भएको क्षमता प्रदर्शन गर्ने अवसर जुटन सक्छ । खानपान तथा दैनिक जीवन चर्यामा ध्यान नदिदाँ स्वास्थले साथ नदिन सक्छ ।
सिंह : आर्थिक क्षेत्रमा प्रभुत्व जमाई सोचेजस्तो लाभ लिन सक्नु हुनेछ । कार्य सम्पादन गर्दा, आलस्यपन तथा विलासिपनबाट टाडा रहनु नै उचित हुन्छ । आर्थिक कारोबारको विवादमा अभिभावको सुझाव नै उचित हुनेछ । साताको अन्त्यमा व्रतालुले चिसोबाट सावधानी अपनाउनुहोला ।
कन्या : ढिलो गरि थालिएका कार्यले अपजसको सामना गर्नुपर्ला गोपनियता भगं भै प्रतिष्ठामा दख्खल पुग्न सक्छ सचेत हुनुहोला । बोलिमा थप प्रभाव पार्न हरियो रंगको अनुशरण लाभदायक मानिनेछ । मौसमी फेरबदलबाट आइलाग्ने पारिवारिक अस्वस्थतामा समय खर्चिनु पर्ला ।
तुला : मनोरञ्जन भेटघाट तथा भ्रमणले साता वित्नेछ । लामो समय देखि रोकिएका कार्यको गाँठो फुक्ने छ । आर्थिक लगानी गर्ने अवसर जुटन सक्छ । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला । सेतो रंग आत्मासात गर्नाले उचाइमा पुगिनेछ ।
वृश्चिक: मेहनत गरी प्रारम्भ गरिएका कार्यले सहि मार्ग लिई, सम्मान र पदोन्नतीे प्राप्त गराउनेछ । दत्तचित्त भै लक्ष्य प्राप्ति गर्न सक्नुहुनेछ । उपहार सहित भेटन आउनेले गहकिलो जिम्मेवारी दिलाउनेछन् । खानपिनको गडबडीले स्वास्थ पिरोल्न सक्छ ।
धनु : तपाईको क्षमतालाई यत्र तत्र सर्वत्र प्रशंसा गर्दै विभिन्न अवसरहरू स्वतः स्फुर्त आइलाग्ने छन । रोजगारीका मार्ग पहिचान गरि थप सफलता प्राप्त गरिनेछ । भविष्यको चिन्तालाई संयमद्वारा परास्त गर्न सकिनेछ । स्वास्थ सम्बन्धि गडवडीले सताउन भने सक्नेछ ।
मकर : जटिल परिस्थितिका बीच प्रारम्भ गरिएका कार्यले उचित स्थान पाउनेछ । मनलाई दरिलो बनाई गरिएको निर्णय आफनै हितमा हुनेछ । जतिसुकै सहयोग गरे पनि आफन्तहरूले तपाईको आलोचना गर्न छाडेका छैनन । पारिवारका जेष्ठ सदस्यको सुझावबाट समस्या पहिचान गरी निराकरण गर्न सक्नुहुनेछ ।
कुम्भ : धार्मिक तथा परोपकारी भावना अवलम्बन गर्दा रोकिएका कार्य स्वतः फुकुवा भइ आर्थिक हैरानीबाट मुक्ति पाइनेछ । भित्र भित्रै षडयन्त्र गर्ने विपक्षीहरू तपाईको कौशलबाट प्रभावित भै सर्मथन गर्नेछन् । ससाना कमजोरीलाई विपक्षीले औलयाउँदा परिणम आफ्नै पोल्टोमा आउनेछ ।
मीन : भ्रमणले जीवनलाई नयाँ मार्ग दिँदै व्यक्तिगत इच्छा एवं रहरहरूले पूर्णता पाउने सम्भावना छ । घरमा चाहिने सर समानको जोहो गर्दा कम महत्वको सामाग्रीलाई सुचीबाट हटाउने प्रयत्न गर्नुहोला । साताको अन्त्यमा पारिवारीक जमघटमा रमाउँदा अनावश्यक खर्च गर्ने प्रयत्न गरिनेछ ।