free website hit counter

सनराइजले बोलायो साधारणसभा

beemaadmin
२०७६ आश्विन १७, शुक्रबार

काठमाडौ । मर्जरका लागि ढोका खुल्ला राखेको सनराइज बैंकले कात्तिक १५ गतेका लागि आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश अनुमोदनका लागि बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक १५ गते शुक्रबार बिहान १० बजे नक्साल बैंक्वेट, नक्साल, काठमाडौँमा साधारण सभा आयोजना गरिएको हो ।
बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १५.८० प्रतिशत लाभांश अनुमोदन गर्ने प्रस्ताव साधारण सभामा लैजाँदैछ। बैंक सञ्चालक समितिले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५.८० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस वितरण पश्चात् बैंकको चुक्ता पूँजी ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६ रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार