free website hit counter

जेलमा झडप हुँदा ४६ जनाको मृत्यु

beemaadmin
२०७७ बैशाख २१, आईतवार

एजेन्सी । भेनेजुयलाको एउटा जेलमा झपड हुँदा ४६ जनाको मृत्यु भएको छ । भेनेजुयलाको पश्चिमी राज्य पोर्टुगुएसाको जेलमा भएको सो झडपमा परी थप ६० जना घाइते भएको अल जजिराले जनाएको छ । भेनेजुयलाकी जेलमन्त्री आइरिस भरेलाले कैदीहरुले जेलबाट भाग्ने प्रयासपछि यो झडप भएको बताएकी छिन् । उनका अनुसार यो झडपको क्रममा जेलका निर्देशकलाई पनि गोली लागेको छ । विपक्षी दलका सांसद मारिया बियट्रिज मार्टिनेजले कैदीहरुको परिवारलाई जेलमा भेट गर्न रोक लगाइएसँगै यो झडप भएको हो । भेनेजुयलाले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणको लागि कैदीलाई परिवारसँग भेट्न रोक लगाएको हो । यसैची संयुक्त राष्ट्रसंघले यो घटनाको अनुसन्धानको माग गरेको छ । राष्ट्रसंघले जेलमा अत्यधिक भिड कम गर्न र आधारभूत अधिकारको प्रत्याभूति दिलाउन आग्रह गरेको छ । भेनेजुयलामा क्षमताभन्दा धेरै कैदी रहेका छन् । गत वर्ष पनि पोर्टुगुएसाकै अर्को जेलमा पनि झडप हुँदा २९ कैदीको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार