free website hit counter

उठ्ने बेलामा बल्ल बामदेवकाे पालाे

beemaadmin
२०७७ बैशाख २१, आईतवार

कमि-कमजोरी भएका छन् । सबैभन्दा ठूलो कमजोरी मेरो भयो । मैले सरकार त चलाएकै हो, तर पार्टी चलाउने कुरामा कमजोरी भयो । म आत्मालोचना गर्छु । माफी माग्छु । अर्को अध्यक्षले पनि आत्मालोचना गर्नुहोला । हामी मिलेर जाने, सच्चिएर जानेबाहेक अरु ठाउँ छैन १ म सबै कुरा मिलाएर जान तयार छु ।’ आजको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको शुरूवाती मन्तव्य हो यो ।
प्रधानमन्त्रीका यी कुरा सुनेपछि अर्का अध्यक्ष प्रचण्डले ‘यसरी कमिकमजोरी आउनु ठीक हो । स्थायी कमिटी बैठक राखौं । त्यहीँ छ्लफल गरेर टुंगोमा पुगौ ‘ भन्नुभयो ।
यसपछि झलनाथ खनाल बोल्न थाल्नुभयो । ‘भन्ने एकातिर,गर्ने अर्कोतिर हुनुहुन्न’ उहाँले भन्नुभयो, स्थायी कमिटी बोलाऔं ।’ माधव नेपालले भन्नुभयो, ‘यहाँ चोचोमोचो मिलाएर हुँदैन, स्थायी कमिटीमै जाऔं ।’ अनि, उपाध्यक्ष वामदेव गौतम बोल्न थाल्नुभयो, ‘गुटको खेती बढी गरियो, अब यस्तो नगरौं । यसो गर्दा बाहिर राम्रो म्यासेज गएन । अब मिलेर जाऔं ।’
प्रवक्ता नारायणकाजी श्रेष्ठ कड्किनुभयो, ‘प्रधानमन्त्रीको बोलिको ओज भएन ! अस्ति के बोल्नुभएको थियोे ! अहिले के भन्दै हुनुहुन्छ रु फुटको घण्टी अन्त्य भएकोमा म पनि खुशी नै छु । तर, वैचारिक र सैध्दान्तिक हिसाबले पार्टीलाई विधि र प्रक्रियामा चलाउनु पर्छ कि पर्दैन !’
बादलले रुपान्तरण भइसकेपछि अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन नहुने भन्नुभयो । ‘मिलेर जानुपर्छ,कार्यकर्ताको चाहना पनि त्यही हो । नेतृत्वले आत्मालोचना गरिसकेपछि सहयोग गर्नुपर्छ’, बादलको भनाइ थियो ।

आजको बैठकमा बादल,विष्णु पौडेल र ईश्वर पोखरेलको स्वर मिलेको थियो ।
नेताहरूले बोलेर सकिएपछि फेरि वामदेव कड्किनु भयो, ‘मेरो हकमा के हो रु स्पष्ट हुनुपर्छ । राष्ट्रियसभामा गएर पनि मन्त्री हुन नमिल्ने रहेछ ।’

लगत्तै नारायणकाजीले थप्नुभयो, ‘मैले यहाँबाट बाहिर निस्किएर के बोल्ने रु वामदेव कमरेडबारे के भन्ने !’ अनि निर्देशन आयो, ‘उहाँलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने ।’

(जनआस्था डटकमबाट)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार