आज नेपालगंजमा ९ जना तथा बीरगंजमा १ जनामा कोरोना संक्रमण पुष्टि भयो | उदयपुर, बिरगंज र नेपालगंजको संक्रमणले ठोस संकेत दिएको छ | त्यो भनेको व्यक्तिगत दुरी, सामाजिक दुरी कायम नहुनु | नेपालमा कोरोना संक्रमण फैलिन नदिने हो भने हामीले ठोस रणनीति बनाउनु पर्दछ |
१. PCR टेस्टको दायरा ब्यापक बढाउने | सिमाना जोडिएका जिल्लाहरु, ठूलो जनसंख्या भएका सहर तथा भारतबाट लकडाउन यता नेपाल आएका व्यक्तिलाई खोजिखोजि PCR टेस्ट गर्ने |
२. कोरोना संक्रमण सुरु भएको ४ महिना जम्मा १३ हजार जनाको PCR टेस्ट हुनु अत्यन्त थोरै हो | RDT टेस्टको मिथ्यांक प्रस्तुत गर्नुभन्दा प्रत्येक जिल्लामा PCR मेसिन उपलब्ध गराएर संक्रमित पहिचान गर्ने काम अभियानकै रुपमा सुरु गर्नुपर्ने |
३. २ जनाभन्दा व्यक्ति संगै हिंड्न नपाउने |
४. हरेक ठाउँमा न्युनतम ६ फिटको दुरी अनिबार्य कायम राख्नुपर्ने |
५. संक्रित ठाउँमा घरभित्र समेत भौतिक दुरी कायम गर्नुपर्ने |
६. धार्मिक, सांस्कृतिक, शैक्षिक, राजनैतिक लगायत बिबिध क्षेत्रमा मान्छे जम्मा हुने, सामुहिक बसाइ गर्ने, सामुहिक प्रार्थना गर्ने लगायतका काम कोरोना नियन्त्रण नभएसम्म बन्द गर्नुपर्ने | ती कहाँ कहाँ छन् , खोजेर बन्द गराउने | त्यसको नियमित तथा कडा अनुगमन गर्ने |
७. तरकारी बजार बन्द गर्ने | तरकारी, फलफल होलसेलबाट सिधै किराना पसल / तरकारी पसलबाट बिक्री वितरण गर्ने |
८. सपिंग मल बन्द गर्ने | स्थानीय ससाना पसलबाट अत्याबश्यक पदार्थ किनबेच गर्ने |
९. बिहान र बेलुकाको समयमा पसल खोल्न, हिड्डुल गर्न नदिने | दिउँसो सामान किन्ने समय तोकेमा ७५ % आवतजावत स्वत: कम हुन्छ |
१०. सुरक्षाकर्मी र सिमाबासीको संयुक्त गस्ती २४ घण्टा नै गरेर जोखिम ठाउँमा तारबार, CCTV जडान गर्ने |
यी आधार तयार नगरि लकडाउन खोल्ने हो भने स्थिति भयाबह हुनसक्छ | सरकारले PCR टेस्टको दायरा बढाउने, कडा अनुगमन गर्ने अनि नागरिकले लकडाउन तथा सामाजिक दुरीको मर्म बुझेर घरभित्र बस्ने / सामाजिक दुरी कायम गर्ने गरौँ |