free website hit counter

सानिमा बैंकको शपिङ्गबार योजना बैशाख २२ गतेबाट लागु

beemaadmin
२०७७ बैशाख २२, सोमबार

काठमाडौं । सानिमा बैंक लिमिटेड र दराज बीच अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा छुट दिने सम्झौता भएको छ । सानिमा बैंकको कार्ड प्रयोगकर्ताहरुले सोमबारका दिन डेविट वा क्रेडिट कार्डमार्पmत शपिङ्ग गर्दा १० प्रतिशत वा अधिकतम रु. ५०० सम्म छुट प्राप्त गर्न सकिन्छ । यो योजना भोली बैशाख २२ गते देखि लागु हुनेछ ।
उक्त सम्झौतामा सानिमा बैंकका डिजिटल बैंकिङ्ग प्रमुख बिक्रम श्रेष्ठ र दराजका प्रवन्ध निर्देशक लिनो एलेरिङ्गले हस्ताक्षर गरे । यो योजनाले ग्राहकहरु डिजिटल बैंकिङ्ग प्रति आकर्षित हुने विश्वास राखेको छ । यस सम्बन्धि थप जानकारी बैंकको हटलाइन नं ०१–४४४३९०१ बाट प्राप्त गर्न पनि सकिन्छ । सानिमा बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घरमै बसी अनलाइनबाटै मुद्दती खाता खोल्न तथा नविकरण गर्ने, अनलाइन खाता खोल्ने, बिजुलीरटेलिफोन बिल भुक्तानीलगायतका डिजिटल बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दै आइरहेकोे छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार